• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अन्नपूर्ण गाँउपालिकाद्वारा कृषकलाई ३५ हाते ट्याक्टर बितरण

"६० जना किसानलाई हाते ट्याक्टर वितरण गर्ने लक्ष्य  "
  •    शुभेच्छा न्यूज  /८ जेष्ठ २०७७, बिहीबार ११:१८ ,  प्रकाशीत
  • कास्कीको अन्नपूर्ण गाँउपालिकाले कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने साथै परम्परागत कृषि पेशालाई व्यवसायिक एवं आधुनिकीकरणतर्फ उन्मुख गराउन कृषकलाई ३५ वटा हाते ट्याक्टर बितरणगरेको हो ।

    गाउँपालिकाले चालु आवको बजेटबाट ६० जना किसानलाई हाते ट्याक्टर वितरण गर्ने लक्ष्य लिएकोमा आइतवार गाउँपालिका भवनबाट सम्बन्धित वड़ा कार्यालयबाट सिफ़ारिश भई आएका वडा १ देख़ि ७ सम्मका ३५ जना किसानहरूलाई अनुदानमा हाते ट्याक्टर (मिनिपावर टिलर) बितरण गरेको हो । प्रतिट्याक्टर कुल ५० हजार रूपैया मध्य किसानले २५ हजारमा ट्याक्टर प्राप्त गरेका हुन् ।

    गाउँपालिकाका ८-११ वड़ाका २५ जना किसानलाई केहि दिन भित्र वितरण गर्ने अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनु भयो । उहाँका अनुसार गाउँपालिकाले गएको ३ वर्षको समयमा २०० जना किसानलाई हाते ट्याक्टर वितरण गरिसकेको छ ।

    गाँउपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि गाउँपालिकाका कृषकहरु हर्षित भएका छन ।

    श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

    अध्यक्ष कुँवरले गाउँपालिकाले कृषि उत्पादन गर्न खोजेको मात्र हो सहयोग यहाँहरूको हो, ट्याक्टर वितरण गर्दै छिटो छरितो मौसमी बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताउनुभयो ।

    परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस भनेर पावर टेलर वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारी बताउनुहुंछ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.