• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कोभिड-१९ विरुद्धको औषधी पत्ता लगाएको चीनिया दावी पाँच दिनमै भाइरस शून्य हुने

"भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ "
  •    शुभेच्छा न्यूज  /९ जेष्ठ २०७७, शुक्रबार १८:०० ,  प्रकाशीत
  • चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधीको परीक्षण गरिरहेको जनाइएको छ ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधी नै तयार पार्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

    पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधी अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् ।

    विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘जनावरमा परीक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको छ । औषधी जनावरमा सफल भएको छ ।’

    निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधीको परीक्षण गरिरहेको बताए । उनले यो औषधी मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए ।

    उनका अनुसार यो औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ्ग एन्टीबडीको प्रयोग गर्दछ ।

    निर्देशक शीले यो वर्षको अन्त सम्ममा औषधी तयार हुन सक्ने बताएका छन् । उक्त अध्ययन परीक्षण बारे आइतबार साइन्टिफिक जर्नलमा लेख समेत प्रकाशित भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.