• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरका ३३ वडामै ५० जना अट्ने क्वारेन्टाइन बनाइने

"मालेपाटनस्थित कृषिको होस्टेल र राल्पारोडस्थित लेकसिटि रिसर्च एण्ड हस्पिटलमा क्वारेन्टाइन  "
  •    शुभेच्छा न्यूज  /१२ जेष्ठ २०७७, सोमबार १३:३० ,  प्रकाशीत
  • कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन फैलिदै गएपछि पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।

    पोखरा महागनर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै वडामा ५० जना राख्न मिल्नेगरी क्वारेन्टाइन निर्माण गर्न वडा अध्यक्षहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

    महानगरले हाल दुई वटा मात्र क्वारेन्टाइन सञ्चालन गरेको छ । पोखराको मालेपाटनस्थित कृषिको होस्टेल र राल्पारोडस्थित लेकसिटि रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ ।

    अगामी दिनमा थप ब्यक्तिहरु राख्नपर्ने अवस्थालाई मध्यनगर गदै सबै वडाका वडा अध्यक्षहरुलाई बढिमा ५० जना राख्न सकिने गरी ब्यवस्था मिलाउन तत्कालै पत्राचार गर्ने निर्णय गरेको उपप्रमुख गुरुङले बताइन्, ‘क्वारेन्टाइन सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी समेत वडाले गर्ने छ’ उनले भनिन् ।

    ‘त्यसका लागि आवश्यक स्वास्थ्य सेवाको ब्यवस्थापन महानगर स्वास्थ्य महाशाखाले गर्ने छ।त्यस्तै महानगरले महिलाहरुका लागि छुटटै क्वारेन्टाइन बनाउने निर्णय समेत गरेको छ ।

    महिलाका लागि एउटा छुटटै क्वारेन्टाइन स्थानको छनोट र ब्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन ब्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् ।

    बैठकले पोखरा महानगरले उपलब्ध गराउदै आएको सुत्केरी पोषण सामाग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । महागनरले लकडाउन सुरु भएयता सुत्केरी भएकाहरुलाई एक केजी ध्यू, एक केजी हर्लिक्स, एक लिटर तेल र नगद पाँच सय रुपैयाँ उपलब्ध गराउदै आएको छ ।

    त्यस्तै लकडाउनका बेला महानगरले सुरु गरेको प्रसुती सेवा र मृगौला विरामीहरुलाई प्रदान गरेको निशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले बताए ।

    महानगरले नगरबासीको स्वास्थ्य सेवालाई र भविष्यमा आइपर्ने समस्यालाई मध्यनगर गदै एम्बुलेन्स खरिद गर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रण मुल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्वुलेन्स खरिद गर्न पोखरा महानगरको
    कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताइन् ।

    त्यस्तै हाल सञ्चालनमा रहेका एम्बुलेन्स मध्ये २ वटा कोरोना संक्रमितको लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका विरामीलाई ओसारपोरसारमा प्रयोग गर्ने निर्णय गरेको छ ।

    पोखरा महागनरले कोरोना संक्रमणको उच्च जोखिम र आगामी दिनहरुमा संक्रमण फैलिन नदिन कास्की जिल्ला बाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.