थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,संक्रमितको संख्या ८८६ पुग्यो
"नेपालमा हालसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि "
तपाईको प्रतिक्रिया





बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये ८ जना सप्तरी बोडेबसाई नगरपालिकाका रहेका छन् ।
यसैगरी सप्तरी बालनविहुल गाउँपालिकाका दुई जना १७ वर्षीया युवती र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएकाे उनले जानकारी दिए । त्यस्तै सप्तरीकै सुरुङ्गा नगरपालिकाका २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी कोशी अस्पताल विराटनगरको प्रयोगशालमा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ ।
हेटौंडाको किटजन्य प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए ।
यसैगरी पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङ तमानकोखोला गाउँपालिकाका ४ जना यस्तै बाग्लुङकै गढीगाड गाउँपालिकाका १९र २० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रवक्ता डा देवकोटाका अनुसार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसैगरी दाङकै घोराहीका ७ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु २४ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् । दाङको लमही नगरपालिकाका ८ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ३० वर्ष उमेरका ७ जना पुरुष र १ जना महिला रहेका छन् ।
प्रवक्ता डा देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालमा १६ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये बाँकेका डुडुवा गाउँपालिकाका २ जना २१ र ३० वर्षीय पुरुष छन् । यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिकाका ७ जना रहेका छन् । उनीहरु १९ देखि ४० वर्षका पुरुषहरु रहेका छन् ।
यसैगरी बाँकेकै बैजनाथ गाउँपालिकाका ६ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु २४ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । यस्तै बाँकेको खजुरा गाउँपाकिलाका एक जना २९ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुमध्ये सिराहा सिद्धिचरणका ३९ वर्षीय पुरुष, सिराहा घर भएका हाल सप्तरीमा रहेका एक जना ३५ वर्षीया पुरुष र बारा पचौटाका ७ जना रहेका छन् ।
यसैगरी रौतहटका हाल बारामा रहेका एक जना ४१ जना पुरुष, रौतहट गौरका ७ जना पुरुष र एक महिला, रौतहटकै देवाही गुनाही नगरपालिकाका दुई जना पुरुष, रौतहटकै कटहरीया नगरपालिकाका २ जना पुरुष रहेका छन् ।
यस्तै रौतहटकै जनता सेकेन्डरी स्कुलमा रहेका १४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मदरसाका २ जना रहेका छन् ।
नेपालका संक्रमितमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको डा. देबकोटाले बताए।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
Related