• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा बैठकमा एमसीसीको विरोध,तत्काल कार्यान्वयन नहुने

"सहभागीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीको आलोचना  "
  •    शुभेच्छा न्यूज  /१७ जेष्ठ २०७७, शनिबार १६:३२ ,  प्रकाशीत
  • पार्टीबाट अनुमोदन नभइसकेको तथा संसदमा पनि विचाराधीन अवस्थामा रहेको एमसीसीको विषय बजेटमा राखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सहभागीले विरोध गरेका छन् ।

    सहभागीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीको आलोचना गरेका हुन् ।बैठकमा प्रधानमन्त्री ओली र अर्थमन्त्रीले यो संसदबाट पारित हुने भएकाले अन्यथा लिन नहुने बताएका थिए ।

    बैठकमा नेताहरुले आर्थिक वर्ष २०७७–७८ को बजेटमा एमसीसी घुसाइएको भन्दै असन्तुष्टि जनाएपछि अर्थमन्त्री खतिवडाले पहिलेदेखि नै चर्चामा आएको विषय भएकाले बजेटमा सो कुरा राखिएको जवाफ दिएका थिए ।

    उनले एमसीसीको विषय नीति तथा कार्यक्रममा पनि रहेको र संसदबाट पारित हुने क्रममा रहेको भन्दै बजेटमा राखिएको विषयलाई अन्यथा लिन नहुने बताएका थिए ।

    अर्थमन्त्रीको यस्तो बताएलगत्तै उपाध्यक्ष वामदेव गौतम उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले बजेट कानुन पनि भएको भन्दै मनपरी निर्णय गरेर अर्थमन्त्रीले पार्टीलाई नै अपमान गरेको आरोप लगाए ।

    बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले बजेटमा एमसीसी घुसाइएपनि असन्तुष्टि जनाएका थिए । तर इश्वर पोखरेल मौन बसेका थिए ।

    यस्तै बैठकमा आमन्त्रित भीम रावलले पनि एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हितअनुरुप नभएको भन्दै यही अवस्थामा बजेटमा घुसाइनु गम्भीर गल्ती भएको बताएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.