• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतमा संक्रमित संगै आएका थप दुई जनालाई कोरोना अस्पताल भर्ना गर्ने

  •    शुभेच्छा न्यूज  /२० जेष्ठ २०७७, मंगलवार १४:११ ,  प्रकाशीत
  • पर्वत जिल्लामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएका ५ जना संगै थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना गर्ने तयारी छ ।

    कोरोना संक्रमित संगै एउटै कोठामा रहेका कारण थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना भर्ना गर्ने तयारी गरिएको हो ।

    पिसिआर परिक्षणमा नेगेटिभ आएपनि संक्रमण पुष्टि भएका ब्यक्ति संग एउटै कोठामा ५ दिन भन्दा लामो समय बसेका कारण थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना गर्ने तयारी गरिएको हो । उनीहरुलाई संक्रमित भन्दा छुट्टै राखिनेछ ।

    भारतबाट उद्दार गरि क्वारेन्टाइनमा राखिएका ५ जना ब्यक्तिमा कोरोना पुष्टि भएपर्छि कुश्मा ४ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ।

    भारतबाट उद्दार गरि ल्याइएकाहरु मध्ये शनिबार ३९ जनाको थ्रोड स्वाब संकलन गरिएको थियो । गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि लक डाउनकै अवधिमा आएक ४८ जनाको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ ।

    संक्रमीत ५ जना मध्ये २ जना फलेवास नगरपालिका र ३ जना महाशिला गाउँपालिकाका छन् । उनीहरु मध्ये फलेवास नगरपालिकाका २० र ४० बर्षका दुई पुरुष छन् भने महाशिला गाउँपालिकाका १९, २० र २१ बर्षका पुरुषहरु रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.