पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा वालिङका कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो ।
आइसोलेसन वार्डमा उपचाररत संक्रमित पुरुषमा हिजो आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षिय पुरुषको मृत्युको भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो संक्रमित हुन् ।
प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ । संक्रमित मध्य ३ जना निको भई घर फर्किसकेका छन् ।

Related