• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शव ब्यावस्थापन गर्ने ठाउँ नपाउँदा मृत्यु भएको २० घण्टापछि अन्त्येष्टि

"शव ब्यवस्थापन तयारी गरेको भएपनि स्थनियले अबरोध गरेपछि लामो समयको अन्योलतापछि पूmलबारी स्थित सेती नदी किनारामा "
  •    शुभेच्छा न्यूज  /२६ जेष्ठ २०७७, सोमबार २०:०८ ,  प्रकाशीत
  • पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताको आइसोलेशनमा कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङजाका ५८ बर्षिय पुरुष शव २० घण्टापछि व्यवस्थापन गरिएकोछ।

    पोखरा महानगरपालिकाले हरियाखर्कमा शव ब्यवस्थापन तयारी गरेको भएपनि स्थनियले अबरोध गरेपछि लामो समयको अन्योलतापछि पूmलबारी स्थित सेती नदी किनारामा शव गाडेको हो ।

    सो ठाउँमा समेत स्थानियले केही समय अबरोधको प्रयास गरेका थिए। शव गाड्न नदिने भन्दै स्थानीय विरोधमा उत्रिएपछि केहीबेर प्रहरी र स्थानीयबीच झडप भएको थियो । प्रहरीले अबरोध गर्न खोज्ने ८ जनालाई नियन्त्रणमा लिएको छ ।

    अस्पतालको आइसोलेसन वार्डमा आईतवार राति साढे ११ वजे उपचारको क्रममा मृत्यु भएका स्याङजाको वालिङ नगरपालिकाका पुरुषको शव सोमवार साँझ सातबजे मात्र ब्यवस्थापन गरिएको हो ।

    कोरोनाबाट मृत्यु भएकाको शव जलाउनु पर्ने भए पनि जातीय संस्कारअनुसार गाड्नु पर्ने भएकोले मृतकको शव पूmलबारीस्थित रहेको भगवती दल गणका सेनाले जिम्मा लिएर ब्यवस्थापन गरेको हो।

    मृगौंला रोगको उपचार गराउन भारत पुगेका उनलाई वालिङ नगरपालिकाले सिमा नाकाबाट उद्धार गरी थप उपचारका लागि पश्चिमाञ्च क्षेत्रिय अस्पताल पोखरा पठाइएको थियो । अस्पताल भर्नाभएपछि उनको कोरोना परिक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको थियो ।

    महानगरले शव ब्यवस्थापन गर्न लामो समय लगाएपछि सोही आइसोलेसन वार्डमा उपचाररत तीन जना कोरोना संक्रमित र उनीहरुका आफन्तमा मानसिक त्रास बढेको थियो ।

    शव उठाउनका लागि नेपाली सेनाको टोली दुई पटकसम्म अस्पतालसम्म पुगेपनि व्यवस्थापन गर्ने स्थानको टुंग्यो नलाग्दा फर्किनु परेको थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.