कोरोनाबाट मृत्यु भएका वृद्धको शव अझै अस्पतालमै, शव व्यवस्थापन गर्न ठाउँ टुङ्गो लागेन
तपाईको प्रतिक्रिया





कोरोना संक्रमणले निधन भएका स्याङ्जा वालिङ नगरपालिकाका ५८ वर्षका पुरुषको शव व्यवस्थापन अझै भएको छैन । उनको शव १२ घण्टादेखि अस्पतालमै रहेको छ ।
नेपाली सेनाको फुलबारी ब्यारेकको भगवती दल गण शव व्यवस्थापनको जिम्मा दिइएको छ । मृगौला, सुगरसहित रक्तचापका पीडित ती पुरुषमा आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचाररत उनको आइतबार राति ११ः२५ बजे निधन भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणले निधन हुने उनी पहिलो व्यक्ति हुन् । पोखरा महानगरपालिकाले शव व्यवस्थापन कहाँ गर्ने भन्ने टुंगो लगाइनसकेका कारण शव अहिले पनि अस्पतालमै रहेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले उनको शव ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन कार्यविधि’ अनुसार नै शव व्यवस्थापन गरिने र त्यसको समन्वय गर्न नेपाली सेनालाई भनिएको जानकारी दिए ।
Related