गण्डकी प्रदेशमा ६ वर्षका बालकसहित थप ५ जनामा कोरोना
"गण्डकीमा संक्रमित पाँच सहित संक्रमितको संख्या १९७ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा शनिबार बिहान ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार ५ नयाँ संक्रमितको पुष्टि गरेको हो ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ सय ९७ पुगेको छ । निर्देशनालयका अनुसार आज संक्रमित पुष्टि हुनेमा पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षका बालक, १७ वर्षीय १ किशोर, जलजला गाउँपालिकाकी १७ वर्षीया किशोरी, महाशिला गाउँपालिकाका १६ वर्षका किशोर रहेका छन् ।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका १ जना पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार पर्वतका संक्रमित ४ जनालाई जिल्लास्थित क्वारेन्टाइनमा र नवलपरासीका संक्रमितलाई सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
गण्डकीमा ११ जना उपचार पछि निको भएर घर फकिएका छन् । गण्डकीमा शनिबार थप संक्रमित पाँच सहित संक्रमितको संख्या १९७ पुगेको छ । स्याङ्जाका एक ६० वर्षीय संक्रमित पुरुषको ज्यान गुमेको छ ।
Related