देउवाले भने, ‘लिपुलेक हाम्रै हो, हामी सरकारको साथमा छौँ’
"दलको बैठकले संशोधनको पक्षमा पूर्ण समर्थन गर्ने निर्णय "
तपाईको प्रतिक्रिया





प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक तथ्यका आधारमा काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको बताउँदै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा संविधान संशोधन विधयकका बारेमा बोल्दै देउवाले सुगौली सन्धि १८१६ अनुसार अंग्रेजले छापेको नक्सा र चीनको नक्सामा पनि कालीपूर्व नेपालको भूभाग भएको स्पष्ट भएको समेत बताए ।
यसैबीच देउवाले कांगे्रस केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनको पक्षमा पूर्ण समर्थन गर्ने निर्णय गरेको पनि सदनमा जानकारी दिए ।
कांग्रेसको संसदीय दलको शनिवार बसेको बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदा गर्न हृवीप जारीसमेत गरेको छ ।
Related