• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नक्सासम्वन्धी संविधान संशोधन विधेयक पारित

"समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन विधेयक फिर्ता लिने माग संसदले अस्वीकृत  "
  •    शुभेच्छा न्यूज  /३१ जेष्ठ २०७७, शनिबार १९:२९ ,  प्रकाशीत
  • नेपालको नक्सासम्वन्धी संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको छ । प्रतिनिधि सभाको बैठकले नेपालको मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर ल्याएको नयाँ नक्साका लागि संविधान दोस्रो संशोधन विधेयक पारित गरेको हो ।

    प्रतिनिधिसभा उपस्थित २५८ सदस्य रहेकोमा पारित गर्नुपर्छ भन्नेमा पक्षमा २५८ मत परेको थियो । विपक्षमा मत परेको थिएन । मत दिन्न भन्ने पक्षमा ० मत परेको थियो । यो कुल सदस्य संख्या २७५ को दुइ तिहाई भन्दा बढी हो ।

    यस अघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलपछि विभिन्न दलका शिर्ष नेताले नयाँ नक्सासम्वन्धी संविद्यान संशोधन विधेयकमा एकजुट भएको बताएका थिए ।

    नेपालको संविद्यान दफा २ र सो सम्वन्धी सुची नेपाल संविद्यानको अंग बनोस भन्ने प्रस्ताव स्वीकृत भएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव पारित गरेको हो । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन रहेको थियो ।

    समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन विधेयक फिर्ता लिने माग संसदले अस्वीकृत गरेको थियो । भारतले गत २०७६ कात्तिक १६ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको थियो । भारतले दुवै देशको विवादित भूमि आफ्नो नक्सामा समेटेपछि नेपालले विरोध जनाएको थियो ।

    त्यस्तै, भारतले लिपुलेक हुँदै मानसरोबर जाने बाटो भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे । लिपुलेक हुँदै धार्मि क्षेत्र मानसरोबरबाट तिव्वत जोड्ने सडक मार्ग नेपाली भूमिका खनिएको थियो । जुन, यसअघि दुवै देशका विवादित भूमि थिए ।

    त्यसयता, नेपालले पनि गत जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्यो । नक्सा जारी गरिएपछि सवै दलकको समर्थनमा संविद्यान संशोधन विधेयक पारित भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.