थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो
"देशभर मृत्यु हुनेको संख्या १९ पुगेको "
तपाईको प्रतिक्रिया





नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या ५, ७६०पुगेको छ । त्यस्तै रेडजोनमा ४९८ जना छन् ।त्यसैगरी आइतबारसम्म पीसीआर विधिबाट १ लाख ३३ हजार को परीक्षण गरिएको छ भने आरडिटी विधिबाट २ लाख १० हजार ७२१ जनको परीक्षण गरिएको छ ।
त्यस्तै क्वारेन्टाइनमा १ लाख ४३ हजार मानिस रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेसनमा ४ हजार ७ सय ६८ छन् । त्यस्तै डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण ७३ जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गए राति गुल्मीका ३६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यो संगै कोरोना भाइरसको संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा. जागेश्वर गोतमले जानकारी दिए ।
गुल्मीका पुरुषमा यही १२ जेष्ठमा रुपन्देहीमा कोरोना पुष्टि भएको र उनी गुल्मी आइसोलेसनमा रहेको अवस्थामा ३१ गते राति आइसोलेसनमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Related