गण्डकी प्रदेशकाे बजेट ३४ अर्ब ८४ करोड
"बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोड बढीको बजेट "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेश सरकारले आगामी आव २०७७-०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आउँदो आर्थिक वर्ष २०७७/०७८ को लागि साे बजेट सार्वजनिक गरेका हुन् ।
चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट अर्थमन्त्री गुरुङले प्रस्तुत गरे । वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ । कुल बजेटमा चालुतर्फ ४१.२ प्रतिशत, पुँजीगत ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत छ ।
आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ ।
संघीय र अन्य प्रदेशहरुले आउँदो आर्थिक वर्षका लागि बजेटको आकार घटाएको बेला गण्डकी प्रदेशले भने चालु आर्थिक वर्षभन्दा झण्डै २ अर्ब ७१ करोड बढीको बजेट ल्याएको हाे ।
Related