• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दोस्रो पल्ट राहत लिएर सुकुम्बासी बस्ती पुगे अभियान्ता जोडी

  •    शुभेच्छा न्यूज  /२ असार २०७७, मंगलवार १२:१३ ,  प्रकाशीत
  • महेश सिंह
    सिरहाको लहान नगर पालिकाका सुकम्वासी बस्तीमा राहत लिएर एक सामाजिक अभियान्ताको जोडी लागिपरेका छन्।

    लहानको वडा नम्बर १३ ,२४ को सुकुम्बासी बस्तीमा राहत दिन अभियान्ता महेश र संगीताको जोडी दोस्रो पटक पुगेका हुन् ।

    जेठ ११ गते देखी नेपालमा देश ब्यापी रूपमा सरकारले लकडाउन गरेपछि उनीहरुको जोडी सुकुम्बासी बस्तीमा पुगेर राहत वितरण गर्दै आएको छ। स्थानीय सरकारले ३ महिनाको अबधिमा एक पल्ट मात्र राहत बितरण गरेका थिए ।

    महेश र संगीताको जोडीले लहान नगरपालिका वडा नम्बर १३ र २४ का सुकुम्बासी बस्तीमा दोस्रो पल्ट ४२ घर धुरीलाई प्रति घर धुरी १० किलो चमाल,१ पोका खाने तेल, १ प्याकेट नून वितरण गरेका हुन् ।

    नेपाली काग्रेसका युवा नेता तथा महासमिति सदस्य महेश चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य संगीता कर्माचार्य निरन्तर तिन महिनादेखि राहत वितरण गर्दै आएका हुन्।

    राहत दिन पुगेका अभियान्ता जोड़ीलाई स्म्मान स्वरुप मजदुरहरुले फूलका माला लगाई स्वागत गरेका थिए ।अभियान्ता चौधरीको जोडीले समाजमा सर्वसाधारणको चल्ह्लो बाल्ने काम गरेको देखेर बिभिन्न संघ संस्था र मनकारी युवाहरुले खाध्यान लगायतका सामग्री उपलब्ध गराउदै आएका छन्।

    सहयोगका लागि चौधरी ईन्टर प्राईजेका संचालक अनिल चौधरी, पशुपति सिंह र एपोलो ॐ बोर्डिङ स्कुल लहानले राहतका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्।

    उक्त बस्तीमा खाने पानीका समेत समस्या रहेको छ। खानेपानीका लागी चौधरी र कर्माचार्यले ईनारका लागि समेत पहल गरेका छन् । पत्रकार धर्मेन्द्र पासवानको विशेष आग्रहमा जोडीले राहत लिएर दोस्रो पल्ट पकिटोल पुगेका थिए ।

    समाजिक दुरि कायम गरी राहत वितरण गरेको समाज सेवी महेश्वरी चौधरीले जानकारी दिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.