पर्वतका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, अस्पतालका इमर्जेन्सी बाहेकका सबै सेवा बन्द
"अस्पतालले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द "
तपाईको प्रतिक्रिया





आफ्नो अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालले इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।
अस्पतालमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द गरेको हो । अस्पतालले विज्ञप्ति प्रकाशित गरी इमर्जेन्सी बाहेकका सबै सेवा बन्द हुने जानकारी दिएको छ ।
राष्ट्रिय प्रयोगशाला टेकुमा अस्पतालका स्वास्थ्यकर्मीको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएपछि अस्पतालले यस्तो निर्णय लिएको हो ।
अस्पतालको इमर्जेन्सी सेवा भने खुल्ने अस्पतालका डाक्टर शिशिर देवकोटाले जानकारी दिए ।
Related