• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका ६ जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

"पोखरा महानगरपालिकाका ३ पुरुष र २ महिला, रुपा गाउँपालिकाका एक पुरुष  "
  •    शुभेच्छा न्यूज  /५ असार २०७७, शुक्रबार ०९:१९ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शुक्रबार प्रकाशित तथ्यांक अनुसार ३ जिल्लामा थप २४ जनामा संक्रमण पुष्टि भएको हो।

    शुक्रबार कास्कीका ६ जना, बागलुङका १४ जना, स्याङजाका ६ जना र नवलपरासी पूर्वका २ जनामा संक्रमण देखिएको हो ।

    संक्रमितहरु कास्कीको पोखरा महानगरपालिकाका ३ पुरुष र २ महिला, रुपा गाउँपालिकाका एक पुरुष र बाग्लुङको गल्कोट नगरपालिकाका ६ पुरुष र २ महिला, काठेखोला गाउँपालिकाका ६ पुरुष रहेका छन् ।

    यस्तै स्याङजाको कालिगण्डकी गाउँपालिकाका एक जना पुरुष र पालिका नखुलेका एक पुरुष र नवलपरासी पूर्वको विनयत्रिवेणी गाउँपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

    योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ सय ४८ पुगेको छ।

    गण्डकी प्रदेशमा हालसम्म पर्वतका ३८ जना, तनहुँका २६ जना, बागलुङमा ५६ जना, स्याङ्जाका ७५ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ९९ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, गोरखाका ३६ जना, मनाङका १ जना र कास्कीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या १० पुगेको छ । यस्तै प्रदेशमा संक्रमित मध्ये ३४ जना निको भइ घर फर्किसकेका छन् ।
    गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.