• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण, स‌ंक्रमितको संख्या ५ सय ४ पुग्यो

"४९ जना निको भएर घर फर्किएका छन् "
  •    शुभेच्छा न्यूज  /७ असार २०७७, आईतवार ०९:३९ ,  प्रकाशीत
  • आइतबार बिहानै गण्डकी प्रदेशका ४ जिल्लाका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो ।

    आइतबार बागलुङ, म्याग्दी, पर्वत र तनहुँका व्यक्तिहरूमा सङ्क्रमणको पुष्टि भएको हो । जसमा बागलुङको गल्कोट नगरपालिकाका २१, २२, २२ र २६ वर्ष उमेरका ४ जना पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय १ जना पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ वर्षका ३ जना पुरुष र बागलुङ नगरपालिकाका २१ वर्षीय १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    आइतबार म्याग्दीको रघुगंगा गाउँपालिकाका ३० र ९ वर्षीय उमेरका २ जना महिला र २० वर्षीय पुरुष १ जना गरी ३ जना तथा मंगला गाउँपालिकाका २० वर्षीय १ जना पुरुष गरी ४ जना थपिएका छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार पर्वतको कुस्मा नगरपालिकाका २७ र ३२ वर्षीय २ जना पुरुष र तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय १ पुरुषमा पनि सङ्क्रमणको पुष्टि भएको छ ।

    गण्डकीका ५ सय ४ जना सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ । यसअघि शनिबार मात्रै गण्डकीमा १ सय ८ जना सङ्कमित थपिएका थिए ।

    जिल्लाका क्वारेन्टाइनहरुमा रहँदै आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.