• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

५३८ जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १० हजार नाघ्यो,

"कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको आंकडाले १० हजार पार "
  •    शुभेच्छा न्यूज  /९ असार २०७७, मंगलवार १६:५३ ,  प्रकाशीत
  • नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको आंकडाले १० हजार पार गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९० महिला र ४४८ पुरुष गरी देशभर ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ०९९ पुगेको छ । पछिल्लो २४ घण्टाका अवधिमा ८ महिला र ६८ पुरुष गरी ७६ जना कोरोनालाई जितेर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म १८९ महिला र २ हजार ३५ पुरुष गरी २ हजार २२४ जनाले कोरोना जितेका छन् ।स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९९५ नमुना सहित अहिलेसम्म १ लाख ८६ हजार ३६६ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

    त्यस्तै,  पछिल्लो २४ घण्टामा ३ हजार ४८१ सहित हालसम्म २ लाख ७१ हजार ५२४ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

    त्यस्तै, देशभर ८५ हजार ८१३ क्वारेन्टाइनमा र ७ हजार ८५१ जना आइसोलेसनमा रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.