औंषधि ब्यवसायी संघ कास्कीद्धारा रक्तदान, ७१ पिन्ट रगत संकलन
"रगत अभावको कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले संघले ४७ औं स्थापना दिवस पारेर रक्तदान "
तपाईको प्रतिक्रिया





नेपाल औषधी व्यवसायी संघ कास्कीले ४७ औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
संघले लकडाउनका कारण पोखरामा रगतको अभाब भएकाले सहयोग पुु¥याउनले उदेस्यले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले पहिलो रक्तदातालाई ब्लड ब्याग दिएर गरेका थिए।
प्रमुख अतिथी श्रेष्ठले रक्तदान जस्तो महमहान कार्यको आयोजना गरेर संघले मानविय सेवाका कार्यमा सहभागी भएकोमा प्रसंशा गरे।उनले कास्की प्रहरीले शान्तिसुरक्षा र अमनचयनका लागि सम्पुर्ण संघसस्था तथा नागरिक संग सहकार्य गरी अगाडी बढ्न चाहेको बताए। कार्यक्रममा एसपी श्रेष्ठले रक्तदान समेत गरेका थिए।
औषधि ब्यवसायी संघ कास्की एवं कार्यक्रका अध्यक्ष बिक्रम पन्तले रगत अभावको कारण कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले संघले ४७ औं स्थापना दिवस पारेर भौतिक दुरि कायम गर्दे रक्तदान कार्यक्रमको आयोजना गरेको बताए।
कार्यक्रमका बिषेश अतिथी एवं नेपाल औषधि ब्यवसायी संघ केन्द्रका सचिब यामनाथ पौडेल,औषधि ब्यवासायी संध गण्डकीका अध्यक्ष रामबहादुर केसी, स्वयंसेवी रक्तदाता समज कास्कीका जितेन्द्र लगायतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए।
रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानले समाजमा पारेको सकारात्मक प्रभाब र फाइदाका वारेमा प्रकाश पारेका थिए।
कार्यक्रमको संयोजक मिलन श्रेष्ठले ७१ पिन्ट रगत संकलन भएको जानकारी दिए । कार्यक्रम संञ्चालन संघका महासचिब पूर्ण बहादुर बस्नेतले गरेका थिए।
Related