गण्डकी प्रदेशमा थप २५ जना कोरोना संक्रमण पुष्टि
"पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा शुक्रबार बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २१, तनहुँ, स्याङ्जा र बागलुङका १/१ जना रहेका छन् ।
उनका अनुसार सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
Related