• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

५५४ थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो

"एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष  "
  •    शुभेच्छा न्यूज  /१३ असार २०७७, शनिबार १७:१५ ,  प्रकाशीत
  • शनिबार एक दिन नेपालमा ५५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ५५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार तीन सय ९ पुगेको हो ।

    शनिबार १२० महिला ४३४ पुरुष गरेर ५५४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् ।

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार अब नेपालको ७७ जिल्लामै कोरोना फैलिएको छ । अहिलेसम्म कोरोना नदेखिएको रसुवामा पनि शनिबार पोजेटिभ केस भेटिएको छ ।

    अहिलेसम्म कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको छ ।शनिबार मात्र १८ महिला र ११८ पुरुष गरेर १३६ जना कोरोना जितेपछि डिस्चार्ज भएका छन् ।

    कोरोनाका कारण नेपालमा अहिलेसम्म २८ जनाको मृत्यु भएको छ ।विश्वभरमा कोरोना संक्रमित हुनेको संख्या करोड नजिक पुगेको छ ।

    शनिबारसम्म ९९ लाख ३१ हजार ५१४ जना विश्वमा कोरोना संक्रमणमा परेका छन् ।उनीहरमध्ये ४ लाख ९७ हजार ५०६ जनाको मृत्यु भएको छ । ५३ लाख ९९ हजार ८७४ जना निको भएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.