४ सय ७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो
"पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा संक्रमण "
तपाईको प्रतिक्रिया





नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
संक्रमितमध्ये ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ सय २१ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
Related