• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दाईजो प्रथाको अन्त्यका लागि पर्वतका जोडीको पोखरामा ‘प्रगतिशित विवाह’

"समाजमा शिक्षा र चेतनाको स्तर बृद्धी भएपनि पुरातन र परम्परावादी सोच कायम  "
  •    शुभेच्छा न्यूज  /१६ असार २०७७, मंगलवार १८:१९ ,  प्रकाशीत
  • दाईजो प्रथालाई चूनौति दिँदै पोखरामा एक जोडीले प्रगतिशिल बिवाह गरेका छन् ।

    सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध पर्वत फलेबास नगरपालिका १ कार्कीनेटाका शेषकान्त शर्मा र कुश्मा नगरपालिका चुवाकी आरती पोखरेलले मंगलबार प्रगतिशित विवाह गरेका हुन् ।

    समाजमा बिद्यमान कायम रहेको दाइजो प्रथाको अन्त्यका लागि शकारात्मक सन्देश दिनका लागि आपूmहरुले प्रगतिशिल विवाह गरेको बरबधुले बताए ।

    जनवादी विवाह समारोहका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री आनन्द पोखरेलले प्रगतिशिल विवाहले समाजमा सकारात्क सन्देश दिएको बताए । उनले समाजमा शिक्षा र चेतनाको स्तर बृद्धी भएपनि पुरातन र परम्परावादी सोच कायम रहेका कारण देखाउनका लागि भएपनि भड्किलो विवाह हुदै आएको बताए।

    नेता पोखरेलले बरबधुले एकअर्काको भावनाको कदर र सम्मान गर्ने भएकाले प्रगतिशिल विवाह सफल हुने दाबी गरे । ‘यो विवाहमा बरबधुले एकअर्कालाइ सम्मान गर्ने भएकाले दाम्पत्य जीवन शुशी हुन्छ’ उनले भने ।‘प्रगतिशिल विवाहमा नेताकार्यकर्ता र अभिभाबकको रोहोवरमा दाइजो रहित गरिने हुदा आर्थिक बोझ हुदैन।’

    नेकपा पर्वतका अध्यक्ष एवं संघिय सांसद पदम गिरीले मुलुकमा राजनैतिक परिवर्तन भएपनि सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन आबस्यक रहेको बताए। उनले कम्युनिष्ट पार्टीहरुले आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गराउनका लागि धेरै पहिले देखिनै प्रगतिशिल विवाहलाई प्राथमिकता दिदै आएको बताए। ‘दाइजोप्रथालाई यस किसिमको विवाहले चुनौति दिएको छ’ उनले भने । ‘समाजमा ब्याप्त दाइजोप्रथालाई बिरुद्ध समाजमा सकारात्मक सन्देश प्रबाह गर्ने छ।’

    कार्यक्रमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, भौतिक योजना तथा पुर्वाधार मन्त्री रामशरण बस्नेत, उद्योग, वन तथा पर्यटन मन्त्री बिकास लम्साल, नेकपा जिल्ला कार्यसमिति कास्कीका सदस्य दामोदर बैरागी,नेकपा पर्वतका सचिब सुदीप कुँबर, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र नेकप पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेले लगायतले शुभकामना मन्तब्य राखेका थिए।

    प्रगतिशिल विवाह समारोहमा वर बधुका मातापिता सहित परिवारका सदस्य, नेता तथा कार्यकर्तासहित अन्य व्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश कमिटीका सदस्य मेघनाथ सुबेदीले गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.