• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना संक्रमितलाइ अन्यत्र सारिदै

"केही दिनभित्र कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा गरिने  "
  •    शुभेच्छा न्यूज  /१९ असार २०७७, शुक्रबार २०:२३ ,  प्रकाशीत
  • नेपाली काँग्रेस कास्कीको नेतृत्वमा जनता समाजवादी पार्टी कास्की र राप्रपा कास्कीका प्रतिनिधि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोरोना संक्रमितको उपचारमा गरेको व्यवस्था बारे जानकारी लिन र अन्य बिरामीको समस्या बारे जानकारी गराउँन तिन दलका प्रतिनिधि प्रतिष्ठान गएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए ।

    टोलीमा कास्की काँग्रेसको तर्फबाट सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाट, प्रवत्ता नवीन सिग्देल, जनता समाजवादीको तर्फबाट अध्यक्ष गिरिप्रसाद गुरुङ, सचिव नारायणप्रसाद भण्डारी, पोखरा महानगर समिति अध्यक्ष टिकाराम पौडेल र राप्रपा कास्कीको तर्फबाट कार्यवाहक सभापति गणेश ढकाल सहभागी थिए । छलफलमा नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष नारायण बराल पनि सहभागी थिए ।

    छलफलमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले अस्पताललाई कोरोना अस्पताल बनाउँदा सर्वसाधारण नागरिक सहज र सर्वसुलभ उपचारबाट बञ्चित भएकोप्रति ध्यानाकर्षण गराउँदै कास्की काँग्रेसले कोरोना उपचारका लागि विगतदेखि नै छुट्टै स्थान व्यवस्था गर्न माग गरेको उल्लेख गरे ।

    सो टोलीलाई प्रतिष्ठानका उपकुलपति डा। बुद्विबहादुर थापा र निर्देशक डा अर्जुन आचार्यले स्वाब परीक्षण र उपचारको अवस्थासहित भावि योजनाहरु जानकारी दिदै अस्पताललाई थप व्यवस्थित बनाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

    प्रतिष्ठानका उपकुलपति डा थापाले विगतमा धेरै अन्यौलता रहेपनि अब भने सहज रुपमा सेवा प्रवाह भैरहेको जानकारी दिए । उनले सबै पक्षसँगको सहकार्य र समन्वयमा काम गरिरहेको बताए ।

    निर्देशक डा आचार्यले अबको केही दिनभित्र कोरोना संक्रमितको उपचार छुट्टै स्थानमा गरिने जानकारी दिए । ‘अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग कोरोना संक्रमितको सम्पर्क नहुने गरी छुट्टै स्थानको व्यवस्था गरेका छौं, उनले भने, यसले अन्य बिरामीलाई उपचार सेवा लिन सहज हुने अपेक्षा गरेका छौं।’

    कास्की काँग्रेसले शुरुवातको अवस्थादेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना अस्पताल नबनाउन माग गर्दै आएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.