गण्डकी प्रदेशमा १६ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ७९ पुग्यो
"गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको मृत्यु "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका ६ जिल्लामा आज बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ७९ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले आज १६ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको बरेङ गाउँपालिकाका १ पुरुष र ढोरपाटन नगरपालिकाका १ पुरुष गरी २ जना, म्याग्दीको रघुगंगा गाउँपालिकाका २ पुरुष र मङ्गला गाउँपालिकाका १ पुरुष गरी ३ जना, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ पुरुष तथा तनहुँको भिमाद नगरपालिकाका १ पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २ पुरुषमा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकाका ५ पुरुष र २ महिला गरी ७ जनामा सङ्क्रमण प्रमाणित भएको छ ।
सम्बन्धित जिल्लाका क्वारेन्टाइनहरुमा बसिरहेका उनीहरूलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको डा. शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण पोजेटिभ रही मृत्यु भएकाको सङ्ख्या ३ पुगेको छ । आज बिहान ५ बजे गोरखाको पालुङटार नगरपालिका ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । यसअगाडि स्याङजाका २ पुरुषको मृत्यु भएको थियो ।
Related