ट्राभल हिस्ट्री नभएका पोखराका एक ब्याक्तिमा देखियो कोरोना संक्रमण
"पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय पुरुषमा कोरोना "
तपाईको प्रतिक्रिया





नेपालको कोरोनाको संक्रमण दिनदिनै बढ्दै गइरहेको छ । विज्ञहरुले अहिले नै नेपालमा कोरोना संक्रमण समुदायमा फैलिनसकेको बताइ रहेका छन् ।
यसैबीच पोखरामा घरमै बसिरहेका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
लकडाउनभर कतै नगएको र कोही शंकास्पदसँग नभेटेको बताउने पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय पुरुषमा कोरोना देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि असार १७ गते अस्पताल जानुभएका ती पुरुषको कोरोनाको आशंका गरी स्वाब संकलन गरी पठाइएको थियो । शनिबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लकडाउन खुकुलो भएपछि शहर बजारमा चहल–पहल भीडभाड बढिरहेको छ । त्यससँगै अब मुख्य शहरी क्षेत्रहरु कोरोनाका केन्द्र बन्न सक्ने संकेत देखिएको छ।
Related