पोखरामा मात्रै थपिए १० नयाँ संक्रमित, मादीमा पनि ३ जनामा संक्रमण
"पोखरा महानगरपालिकाका १० र मादी गाउँपालिकाका ३ जना "
तपाईको प्रतिक्रिया





कास्की जिल्लामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अपडेटमा कास्की जिल्लाको पोखरा महानगरपालिकाका १० र मादी गाउँपालिकाका ३ जना रहेका छन्।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११२९ पुगेको निर्देशनालयले जनाएको छ। यहाँ कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३५३ पुगेका छन्।
Related