थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७०६१ पुग्यो
"हालसम्म कुल २ लाख ९३ हजार ७३९ जनाको पीसीआर परीक्षण "
तपाईको प्रतिक्रिया





नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल २ लाख ९३ हजार ७३९ जनाको पीसीआर परीक्षण भइसकेको बताए ।
उनका अनुसार कुल संक्रमित मध्येि ६० दशमलव ५१ प्रतिशत निको भएका छन् । यसैगरी कुल डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।
त्यस्तै मंगलवार थप ३४ जना डिस्चार्जभएका छन् भने हाल आईसोलेशनमा ६ हजार ६९५ जना रहेका छन् ।
Related