• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुस्ताङको नामग्याल गुम्बाको पहिरो पिडितलाई सहयोग

  •    शुभेच्छा न्यूज  /२ श्रावण २०७७, शुक्रबार २१:१२ ,  प्रकाशीत
  • मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले कोभिड १९ र प्राकृतिक विपत्तिमा परेकाहरुलाई राहत प्रदान गरेको छ ।

    लोमन्थाङ गाउपालिका ३ मा स्थाइ रुपमा सञ्चालनमा रही हिउँदको समयमा पोखरा १८ खपौदीमा सञ्चालन हुदै आएको गुम्बा स्कुलले नगद र खाद्यान्न वितरण गरेको हो ।

    गुम्बा स्कुलले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७० हजार र पोखरा महानगरले स्थापना गरेको कोषमा ५० हजार रुपैया प्रदान गरेको हो ।

    त्यसैगरी गुम्बा स्कुलले निरन्तर वर्षा संगै आएको वाढी र पहिरोका कारण घर परिवार गुमाएका परिवारहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ ।

    मुस्ताङबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद ईन्द्रधारा विष्टको सक्रियतामा पोखरा महानगरपालिकाको वडा नम्बर ३२ लामे आहालमा रहेको राधाकृष्ण वृद्धाश्रममा र पोखरा २६ को पैते डाडा पहिरो पिडितलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको हो ।

    गुम्बा स्कुलले शुक्रबार राधाकृष्ण वृद्धाश्रम र पोखरा २६ पैते डाडाका पहिरोपिडितलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको हो ।

    पोखरा २६ पैते डाडा पहिरो पिडितहरुलाई करिव ५० घर परिवारलाई लक्षित गरी खाद्यान्न सामाग्री हस्तान्तरण गरेको पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नारायण वरालले वताए ।

    ५० घर परिवार विस्थापित भएको र स्थानीय अमरज्योति आधारभुत विद्यालयमा आश्रय लिइरहेको अवस्थामा गुम्बा स्कुलले खाद्यान्न सहयोग गरेको अध्यक्ष वरालले बताए।

    गुम्बा स्कुलका प्रध्याना ध्यापक ग्याचो गुरुङ र सोनाम लामाले आफुहरुको स्कुलले कोरोना कोषमा १ लाख २० हजार र प्राकृतिक प्रकोपमा परि घरबार गुमाएका ५ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्ने आफुहरुको लक्ष्य रहेको वताए ।

    पोखरा ३२ र २६ संगै कास्कीका अन्य क्षेत्रमा पहिरोमा परेका परिवारहरुलाई आफुहरुले वर्षायाम नसिद्धिय सम्म खाद्यान्न सामाग्री वितरण गर्ने समेत उनीहरुको भनाइ रहेको थियो ।

    हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउदको समयमा पोखरामा पोखरा महानगरपालिका १८ खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.