• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अविरल बर्षापछि गएको पहिरोले दोबिल्ला वस्ती र पुल जोखिममा

"जोखिम व्यवस्थापनका लागि काम गर्नु पर्ने हो त्यो भने हुन नसकेको गुनासो "
  •    शुभेच्छा न्यूज  /४ श्रावण २०७७, आईतवार २०:४५ ,  प्रकाशीत
  • अनुप प्रकाश पौडेल
    पोखराको दक्षिण पूर्वी क्षेत्रलाई जोड्ने दोबिल्ला वस्तीको फुस्रे खोलामा रहेको पूल बाढी पहिरोका कारण कमजोर बनेको छ ।

    महानगरको वडा नं १७ र २१ जोड्ने सो पूलमा गएको पहिरोका कारण वस्ती समेत जोखिममा परेको छ । त्यहाँको सडक

    समेत जुनसुकै समयमा अवरुद्ध हुने सक्ने अवस्थामा पुगेको छ ।

    यस वर्षको असार अन्तिम हप्ता परेको अविरल वर्षाले फुस्रे खोलामा आएको बाढीले पहिरो जाँदा स्थानीय प्रताप राना मगरको शौचालय, गोबर ग्याँस र गोठ बगाएको छ ।

    असार ३१ गते राति परेको पानीले मगरको घर पछाडिको २० हातभन्दा धेरै जमिन खोलाले बगाएको छ ।

    दोबिल्ला पूलको नजिक रहेको घरमा पहिरोको जोखिम बढेसँगै उनले घर छोडेका छन् । “पहिरोले घर पछाडि सबै बगायो ।

    जोखिम बढेकोले अहिले बस्न छोडेका छौं” रानामगरले भने ।

    दोबिल्ला पूलसँगै पूरै वस्ती पहिरोले जोखिममा परेको स्थानीय समाजसेवी अशोक रायमाझी बताउँछन् ।

    समाजसेवी रायमाझी भन्छन् “पहिरोले पूल र वस्ती पूरै जोखिममा परेको छ । दोविल्लाको सडक र वस्तीमा गरी दूई सय मिटर जति कटान भएको छ ।”

    कटानबाट वस्तीका ३५ घर जोखिममा परेका हुन् । वस्तीका बासिन्दाले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जोखिम बारे जानकारी गराएका छन् ।

    त्यस पछि प्रदेश सभा सदस्य कृष्ण थापा सहित वडाका प्रतिनिधिहरुले वस्ती र पूलको निरिक्षण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

    तर जुन गतिमा जोखिम व्यवस्थापनका लागि काम गर्नु पर्ने हो त्यो भने हुन नसकेको उनीहरुको गुनासो छ ।

    जनप्रतिनिधिहरुले वर्षाको समयमा केही गर्ने नसक्ने भन्दै सुरक्षित रहन सुझाव दिएको स्थानीयको भनाइ छ ।

    दोबिल्ला क्षेत्रको वस्ती, सडक र पूल विगत केही वर्षदेखि लगातार पहिरोको प्रकोपमा पर्दै आएको छ ।

    फुस्रे खोलाले वर्षेनी कटान गर्दै जाँदा त्यस क्षेत्रको सडक समेत भासिएको छ ।

    जिल्लाका दक्षिणपूर्वी भेग जोड्ने त्यो सडक हुँदै दैनिक सयाँै यातायातका साधन गुड्छन् । कुनै पनि बेला पूल र बाटो भत्कने अवस्थामा रहेको छ ।

    यस खालको भयाबह अवस्था सामना गरेर बसिरहन परेको स्थानीय बताउँछन् । विगत वर्षमा पनि निर्वाचित जनप्रतिनिधिहरुले त्यो क्षेत्रको निरिक्षण गर्ने गरेका थिए ।

    जनप्रतिनिधिहरुको बाक्लो आवत जावत भए पनि समस्या भने ज्यूँका त्यू छ । सडक डिभिजन कार्यालयले खोलामा थालेको तटबन्ध निर्माणको काम पनि अधूरो छ ।

    तटबन्ध निर्माण समयमा पूरा भएको भए बाढी पहिरोको जोखिम कम भइ वस्ती सुरक्षित हुन सक्थ्यो ।

    वस्ती सहित पूल जोगाउनका लागि गुरुयोजना बनाउन पनि स्थानीयले माग गरेका छन् । बाढीबाट जोगाउन खोलामा तटबन्धसँगै

    चेकड्याम पनि निर्माण गरिनु पर्ने स्थानीय बासिन्दा बताउँछन् ।

    पोखरा सहित देश विदेशका पर्यटकहरुका लागि समेत यो क्षेत्र आकर्षक मानिन्छ । ओशो उपवन, साहारा फुटवल क्लव,

    पिकनिक स्पट सहित घुम्न लायक ठाँउहरुबाट नजिकै दोवल्लाको वस्ती रहेको छ ।

    वडा नं १७ मा पर्ने यो वस्तीमा पाँच दशक भन्दा लामो समयदेखि बसोबास हुँदै आइरहेको छ ।

    फुस्रे खोला माथिको पुलले गर्दा कास्की जिल्लाको दक्षिण पूर्वी भेग निर्मलपोखरी, भरतपोखरी, तनहुँ, स्याङ्जाको पश्चिम, पूर्वी भूभाग

    सहित र कोत्रेदेखि पोखरा आउजाउ गर्ने गाडीको बढ्दो चाप नियन्त्रमा समेत यस सडक वैकल्पिक मार्ग बन्न गएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.