पर्वतको फलेबास नगरपालिका देशभरकै नगरपालिकामा उत्कृष्ट नगरपालिका घोषित भएको छ ।
राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको आधारमा फलेबासलाई उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गरेको हो ।
नेपाल नगरपालिका संघको २८ औ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कार बितरण गरेको छ ।
संघका अध्यक्ष अशोक ब्यञ्जुले फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मालाई उत्कृष्ट नगरपालिकाको प्रमाणपत्र प्रदान गर्नुभयो ।
कोभिड १९ का कारण कुनै औपचारिक कार्यक्रम नगरि नेपाल नगरपालिका संघले प्रमाणपत्र बितरण गरेको छ ।
विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा फलेबास सहित तीन वटा नगरपालिका देशभरका नगरपालिकाहरु बिभिन्न शीर्षकमा मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएका छन ।
नगरपालिका संघले फलेबास संगै निलकण्ठ नगरपालिका धादिङ र बाणगंगा नगरपालिका कपिलबस्तुलाई पनि बिभिन्न शीर्षकमा पुरस्कृत गरेको छ ।
नगरपालिकाबाट सम्पादित कामको उच्च मूल्यांकन गर्दै उत्कृष्ट नगरको रुपमा पुरस्कृत हुन पाएकोमा खुसी लागेको फलेबासका नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।
‘हामीले गरेको कामको मुल्याँकन भएको छ’ उहाँले भन्नुभयो ‘यसले थप उपलब्धी हासिल गर्न र उत्कृष्ट नगरको रुपमा अझै बिकास गर्न उत्साह थपेको ‘यसले थप उपलब्धी हासिल गर्न र उत्कृष्ट नगरको रुपमा अझै बिकास गर्न उत्साह थपेको छ ।’

Related