गण्डकी प्रदेशमा थप ५ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ४३५
"संक्रमितको संख्या १ हजार ४ सय ३५ "
तपाईको प्रतिक्रिया





पोखरा । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा स्याङजामा १,तनहँु १ म्याग्दी २ र बाग्लुङमा १ जना रहेका छन् ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ।
Related