• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बागलुङमा स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना संक्रमण

  •    शुभेच्छा न्यूज  /१५ श्रावण २०७७, बिहीबार १२:५७ ,  प्रकाशीत
  • बागलुङमा एक स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएको छ। बिहिबार जैमिनी नगरपालिकाका स्वास्थ्य कर्मि सहित बाग्लुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी सहित ६ जनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    गत चैत १५ गते बेल्जीयमबाट फर्किएकी एक किशोरीमा पहिलो पटक संक्रमण देखिएको बाग्लुङमा पहिलो पटक स्वास्थ्य कर्मीमा संक्रमण देखिएको हो ।

    चार महिना देखि कोरोना संक्रमितको उपचार गर्दै आएका बाग्लुङका स्वास्थ्यकर्मी अहिले सम्म सुरक्षित भएपनि पछिल्लो समयमा संक्रमित भएका छन् ।

    जैमिनी नगरपालिकाले केही दिन पहिला स्वास्थ्यकर्मी सहित नगर कार्यपालिकाका सवै कर्मचारीको स्वाव परिक्षणका लागि पोखरास्थित पोखरा स्वास्थ्य प्रतिष्ठानको प्रयोगशालामा पठाएको थियो।

    त्यस मध्ये एक जना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको छ भने अन्य कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ ।

    पोखरामा गरिएको परीक्षणमा स्वास्थ्य कर्मीसहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

    प्रमुख गुरौका अनुसार बागलुङ नगरपालिकमा १, काठेखोला गाउँपालिकामा २ र बडिगाड गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

    अन्य संक्रमितहरु बागलुङका विभिन्न स्वारेन्टाइनमा बसेकाहरु हुन।

    संक्रमितहरुलाई आईसोलेसन लैजाने तयारी भैरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.