स्याङ्जामा औषधी व्यवसायीसहित थप ११ जनामा कोरोना संक्रमण
"हाल सम्म स्याङजामा ३९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि "
तपाईको प्रतिक्रिया





स्याङजामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गल्याङ नगरपालिकामा ८ जना, विरुवा गाउँपालिकामा १ र पुतलीबजार नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिए।
प्रमुख शर्माका अनुसार गल्याङको क्वारेन्टाइनमा बस्दै आएका ७ जना,बिरुवा गाउँपालिकाका १, एक औषधि ब्यवसायी र २ प्रहरी रहेका छन ।
संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा पठाइसकिएको प्रमुख शर्माले बताए ।
स्याङजामा एक साता यता ठूलो संख्यामा प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ। हाल सम्म स्याङजामा ३९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङजा जिल्ला भरी कूल २ सय ५२ जनामा कोरोना संक्रमण भएको छ। १ सय ८८ निको भएर घर फर्कीएका छन्।
स्याङजामा कोरोना संत्रलमणका कारण वालिङकाका ५८ बर्षिय १ पुरुष र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।
Related