थप २२४ जनामा संक्रमण पुष्टि, १५१ जनाले जिते कोरोना
"नेपालमा हालसम्म ५६ जनाकाे काेराेनाबाट मृत्यु "
तपाईको प्रतिक्रिया





पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशाला परीक्षणमा २ सय २४ जनाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।
याे सँगै नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या ५ हजार ३ सय १६ रहेकाे छ ।
२४ घण्टामा थप १ सय ५१ संक्रमित निको भएर घर फर्केका छन् ।काेराेना जितेर घर फर्किने संख्या १४३९९ पुगेकाे छ ।
क्वारेन्टनमा अझै १२१११ जना रहेका छन् ।भाेजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ, मुस्ताङ जिल्ला काेराेनामुक्त भएका छन् ।
पछिल्लाे २४ घण्टामा काेराेनाबाट तीन पुरूष र एक महिना गरी ४ जनाकाे मृत्यु भएकाे छ .
नेपालमा हालसम्म ५६ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ ।
Related