पोखराको महेन्द्रपुल मेडिकल लाइनमा अत्याधुनिक र सुविधासम्पन्न वेलनेस क्लिनिक खुलेको छ ।
सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै अन्नपूर्ण सिटी क्लिनिक सञ्चालनमा आएको हो ।
क्लिनिकमा गण्डकी प्रदेशकै पहिलो र एकमात्र बाथरोग विशेषज्ञ डा रामकृष्ण गिरीले दैनिक बिहानदेखि बेलुकैसम्मै सेवा दिएका छन् ।
वरिष्ठ फिजिसियन डा मानबहादुर गुरुङ पनि बिहानदेखि बेलुकासम्म क्लिनिकमै रही सेवा दिने क्लिनिकका अध्यक्ष गीता कार्कीले जानकारी दिइन् ।
क्लिनिकमा सर्जरी सेवा, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन,नाक, काँन, घाँटी,हाडजोर्नी तथा नशा र मानसिक रोग लगायतका विशेषज्ञ डाक्टरबाट दैनिक सेवा सञ्चालन गरिने छ।
अन्नपूर्ण सिटी क्लिनिकमा फिजियोरापिस्ट डा अजित पाण्डे, रेडियोलोजिस्ट डा सान्त्वना पराजुली, डाइटिसियन विद्या शर्माले पनि सेवा दिनेछन् ।
अध्यक्ष कार्कीले पर्याप्त पार्किङ, लिफ्टको सुविधा भएको भवनमा अत्याधुनिक स्वचालित मेसिनबाट सञ्चालित ल्याब, डिजिटल एक्सरे, इको, अल्ट्रासाउन्ड, इसिजी, फिजियोथेरापी, फार्मेसी जस्ता सेवासमेत उपलब्ध रहेको जानकारी दिइन्।
क्लिनिकले बिहान ७ देखि बेलुकी ७ बजेसम्म विशेषज्ञ सुविधा उपलब्ध गराएको छ ।
यसलाई बिरामी भइसकेपछि डाक्टरकहाँ जानुभन्दा बिरामी हुनुभन्दा पहिले नै परीक्षण गर्न जाने खालको क्लिनिकका रुपमा विकास गरिने क्लिनिकका सञ्चालक ठाकुरप्रसाद पन्तले सुनाए ।
उनले भने, ‘यो गण्डकी प्रदेशकै पहिलो वेलनेस क्लिनिक हो । आवश्यक सबै खालका पूर्वाधार छन् । सबै सुविधा भए पनि अन्य क्लिनिकभन्दा महंगो छैन ।’

Related