गण्डकी प्रदेशमा थप १९ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५ सय २४
" बिहान जारी गरेको सूचनामा २० जना संक्रमित थपिएसंगै गण्डकीमा आइतबार मात्र ३९ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा १९नामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनामा गरिएको परीक्षणमा गण्डकीमा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयले आइतबार बिहान जारी गरेको सूचनामा २० जना संक्रमित थपिएका थिए । यो संगै गण्डकीमा आइतबार मात्र ३९ जना नयाँ संक्रमित थपिएका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितमा तनहँुमा २, गोरखा २, बाग्लुङ २, नवलपरासी पूर्व ९ र कास्कीमा ४ जना रहेका छन् ।
कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ५ सय २४ पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ३ सय ४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या २ सय २७ रहेको छन। प्रदेशमा संक्रमण भएका १ हजार ४ सय ३५ मध्ये अहिले सम्म १ हजार ३ सय ४३ पुरुष र १ सय ८० महिला रहेका छन् ।
प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय २४ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा ५ सय ३७ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ।
मृत्यु हुनेमा बागलुङका १,गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।
Related