थप ४१८ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१
"डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ "
तपाईको प्रतिक्रिया





देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालय प्रवक्ताका प्राडा. जागेश्वर गौतमले थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
योसँगै हालसम्म २० हजार ७५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ हजार ७३२ जना सक्रिय संक्रमित रहेको छ ।
२४ घण्टामा ३५८ जनाले कोरोनालाई पराजित गरेर घर फर्किएका छन् ।
डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ रहेको छ । ३ लाख ९८ हजार ९०७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।
कोरोना भाइरस संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ ।
Related