पोखरामा डाक्टरको परिवारमा कोरोना संक्रमण देखिएको छ।
पोखरा महानगरपालिका ४ मा बस्दै आएका डाक्टरसहित उनका २ जना परिवारका सदस्यमा समेत कोरोना संक्रमण देखिएको हो ।
केही दिन अगाडी पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमा कोरोना पोजेटिभ देखिएको थियो । उनलाई संक्रमण पुष्टि भएपछि परिक्षणका लागि परिवारका सदस्यको स्वाब लिइएको थियो ।
स्वाब परिक्षणका क्रममा परिवारका २ जना सदस्यमा संक्रमण पुष्टि भएको हो। डाक्तर सहित परिवारका अन्य २ जनामा कोरोना संक्रमण भेटिएको पछि उनीहरुलाई आइसोलेसनमा लगिएको पोखरा महानगरपालिका वडानं.४ का वडा अध्यक्ष शंकर बाँस्तोले जानकारी दिए ।
दुई जनालाई आइसोलेसन लगिए पनि अन्य परिवारका सदस्यहरु होम क्वारेन्टाइनमा रहेको बास्तोलाले बताए ।
गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ३ सय ४८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ८३ रहेको छन। प्रदेशमा संक्रमण भएका १ हजार ४ सय ४३ मध्ये अहिले सम्म १ हजार ३ सय ५७ पुरुष र १ सय ८४ महिला रहेका छन् ।
प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय २४ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ।
मृत्यु हुनेमा बागलुङका १,गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।

Related