पोखरामा ४ सहित गण्डकी प्रदेशमा थप ९ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५ सय ७५
"पोखरा महानगरपालिका वडा नं. ८ का "
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिका भित्र कोरोना संक्रमित भेटिएका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयले पछिल्लो पटक जारी गरेको सूचना अनुसार विहिबार पोखरा महानगरपालिकामा ४ सहित गण्डकी प्रदेशमा ९ जना संक्रमित थपिएका हुन।
निर्देशनालयले बिहान जारी गरेको सूचनामा गण्डकी प्रदेशमा ९ जना संक्रमित थपिएका छन। यो सहित गण्डकीमा विहिबार २० जना संक्रमित थपिएका छन् ।
पोखरा महानगरमा थपिएका ४ जना एउटै परिवारका सदस्य भएको जनाइएको छ।
पोखरा महानगरपालिका वडा नं. ८ का ७२ वर्षकी महिला सहित ८२, ७ र १४ वर्षका ३ पुरुषमा कोरोना पुष्टि भएको हो ।
अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका पोखरा ४,अनुसार नयाँ संक्रमितहरुमा पर्वत १, गोरखा १, तनहुँ १ र स्याङजामा २ जना रहेकाछन् ।
कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ।
प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ३ सय ५४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ८३ रहेको छन।
प्रदेशमा संक्रमण भएका १ हजार ४ सय ४३ मध्ये अहिले सम्म १ हजार ३ सय ७५ पुरुष र १ सय ८६ महिला रहेका छन् ।
प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय २७ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन ।
हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ।
मृत्यु हुनेमा बागलुङका १,गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।
Related