थप ३६० जनामा कोरोना संक्रमण,१५ हजार ३८९ जना कोरोना संक्रमण मुक्त
"२४ घण्टाकाे अवधिमा २३३ जनाले कोरोनालाई जितेर घर फर्किए "
तपाईको प्रतिक्रिया





देशभर थप ३६० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको परीक्षणमा थप ३६० जनामा संक्रमण पुष्टि भएको हो।देशभर २१ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, गण्डकी प्रदेशमा ८३५, बागमतीमा २८०, प्रदेश ५ मा ३७७, कर्णालीमा २६३ र सुदूरपश्चिममा १ हजार ४९० जना सक्रिय संक्रमित छन् ।
उनीहरूको देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाकाे अवधिमा २३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
हालसम्म १५ हजार ३८९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
Related