चितुवाको आक्रमणबाट घरको पिढीमा बसिरहेका बालकको मृत्यु
"आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा "
तपाईको प्रतिक्रिया





तनहुँको शुक्लागण्डकी नगरपालिका-२, मसारमा बुधबार राति डेढ वर्षीय बालकको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
बालकको शव घरभन्दा केही पर भेटिएको थियो । जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् ।
गत असार १७ गते आँबुखैरेनी गाउँपालिका-१, समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् ।
विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन् ।
चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।
Related