गण्डकी प्रदेशमा थप ११ संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५ सय ६३
"निकोहुनेको संख्या १ हजार ३ सय ५४ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशमा ११ नामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परीक्षणमा गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १, पर्वत १, गोरखा ६ र नवलपरासी पूर्वमा ३ जना रहेकाछन् ।
कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ५ सय ६३ पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ३ सय ५४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ८३ रहेको छन। प्रदेशमा संक्रमण भएका १ हजार ४ सय ४३ मध्ये अहिले सम्म १ हजार ३ सय ७५ पुरुष र १ सय ८६ महिला रहेका छन् ।
प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय २७ जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन । हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ को मृत्यु भएको छ। मृत्यु हुनेमा बागलुङका १,गोरखाका १, स्याङजाको वालिङका १ र आँधिखोला गाउँपालिकाको पञ्चमुलका ५५ बर्षिय १ पुरुषको रहेका छन् ।
Related