पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकद्धारा भौतिक संरचना तोडफोड
"पृथ्वीनारायण क्याम्पसमा २१४ जना आंशिक प्राध्यापक "
तपाईको प्रतिक्रिया





मुलुक कोरोना भाइरसका कारण संकटमा परेको बेला पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पसको भौतिक संरचना तोडफोड गरेका छन।
केही महिना पहिले आफ्ना विभिन्न मागराखेर आन्दोलन गरेका प्राध्यापकले कोरोना कहरका बेला पुन माग राखेर क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेका हुन् ।
तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षको दुई वटा झ्यालका सीसा फुटेको छ । त्यसैगरी केही कुर्सीमा क्षति पुगेको प्रशासनले जनाएको छ ।
क्याम्पसको ७० प्रतिशत कार्यभार आफूहरुले पूरा गरेको तर समान ज्याला नपाएको भन्दै क्याम्पसका आंशिक प्राध्यापकहरुले लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छन् ।
उनीहरुले समान कामको समान ज्याला पाउनुपर्ने, क्याम्पसको रिक्त प्राध्यापक दरवन्दीमा नियुक्ति आंशिक प्राध्यापकबाटै हुनुपर्ने माग गर्दै आइरहेका छन् ।
समयसीमा तोकेर सम्झौता गरेका क्याम्पस प्रमुखले म्याद गुज्रिंदासमेत आबस्यक पहल नगरेको उनीहरुको आरोप छ।
आंशिक प्राध्यापक संघका अध्यक्ष सुनील गौतमले क्याम्पस प्रमुखलाई पटकपटक भेट्न खोज्दासमेत समय नदिएपछि केही प्राध्यापकहरु आक्रोशित भएर तोडफोडमा उत्रेको बताए ।
आंशिक प्राध्यापकहरुको जायज माग साउन २२ गतेसम्ममा पूरा गर्ने क्याम्पस प्रमुखले लिखित सम्झौता गरेको उनले बताए ।
२२ गतेको म्याद त्यत्तिकै गुज्रिएकाले के कस्ता प्रगति भएभनी बुभm्ने समाय माग गर्दा समेत क्याम्पस प्रमुखले समय नदिएको उनको आरोप छ।
पृथ्वीनारायण क्याम्पसमा २१४ जना आंशिक प्राध्यापक छन् ।
नवनियुक्त क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले आंशिक प्राध्यापकका जायज माग पूरा गर्नका लागि केन्द्रमा पहल भइरहेको बताए । उनले पहल भएपनि निर्णय आउन ढिलो भएको बताए ।
उनले केही ढिलाइ भएपनि अब, छिट्टै समस्या समाधान हुने विश्वस्त ब्याक्त गरे ।
Related