गलत समुहको रगत चढाएरपछि सुत्केरीको मृत्यु, २ चिकित्सक पक्राउ शुभेच्छा न्यूज /२३ श्रावण २०७७, शुक्रबार २१:३५ , प्रकाशीत एक अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरमा एक सुत्केरीको ज्यान गएको छ । जनकपुरस्थित रामजानकी अस्पतालमा एक सुत्केरी महिलालाई फरक रगत समूहको रगत चढाउँदा ज्यान गएको हो । महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको फरक रगत समुहको रगत चढाउदा मृत्यु भएको परिवारजनको दाबी छ । ‘ओ’ पोजिटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजिटिभ ब्लड चढाउँदा बिहीबार राति गंगा देवीको मृत्यु भए पनि घटना शुक्रवार सार्वजनिक भएको हो । शल्यक्रियामा रगत अभाव भएपछि अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो । रेडक्रसले दिएको रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ रगत चढेको पत्ता लागेको थियो । अस्पतालले भने अनुसार नै नमूना लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजिटिभ रगत अस्पतालले चढाएको थियो । अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओको ठाउँमा बी पोजिटिभ चढेको दावी गरेको छ। गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
एक अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरमा एक सुत्केरीको ज्यान गएको छ ।
जनकपुरस्थित रामजानकी अस्पतालमा एक सुत्केरी महिलालाई फरक रगत समूहको रगत चढाउँदा ज्यान गएको हो ।
महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको फरक रगत समुहको रगत चढाउदा मृत्यु भएको परिवारजनको दाबी छ ।
‘ओ’ पोजिटिभ ब्लड ग्रुपको साटो ‘बी’ पोजिटिभ ब्लड चढाउँदा बिहीबार राति गंगा देवीको मृत्यु भए पनि घटना शुक्रवार सार्वजनिक भएको हो ।
शल्यक्रियामा रगत अभाव भएपछि अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।
रेडक्रसले दिएको रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजिटिभको ठाउँमा बी पोजिटिभ रगत चढेको पत्ता लागेको थियो ।
अस्पतालले भने अनुसार नै नमूना लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजिटिभ रगत अस्पतालले चढाएको थियो ।
अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओको ठाउँमा बी पोजिटिभ चढेको दावी गरेको छ।
गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन्।
Related