• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्वीनारायण क्याम्पसको मुल गेटमा आंशिक शिक्षकको ताला

"त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार वनेको भन्दै गूरुहरु झनै गैर जिम्मेवार "
  •    शुभेच्छा न्यूज  /२५ श्रावण २०७७, आईतवार १९:३२ ,  प्रकाशीत
  • पृथ्वी नारायण क्याम्पसको मुल गेटमा आफ्ना माग पूरा गराउने नाउँमा आंशिक शिक्षकहरुले नै अनिश्चीत कालिन तालावन्दी गरेका छन्।

    त्रिभुवन विश्वविद्यालयको ईतिहासमै पहिलोपटक आशिंक शिक्षकहरुले समान कामको समान ज्यालाको माग गर्दै शिक्षकहरुले तालावन्दी गरेका छन् ।

    विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार वनेको भन्दै आन्दोलन स्वरुप अनिश्चित कालका लागि ताला लगाएको हो ।

    दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराई रहेका शिक्षकहरुले गत माघ २० गते क्याम्पस प्रशासन, आशिंक शिक्षक र त्रि वि प्रतिनिधीका विचमा भएको सहमती कार्यन्वयन नभएको भन्दै पुन आन्दोलन गरेका हुन् ।

    क्याम्पको नयाँ क्याम्पस प्रमुखको पदमा प्राध्यापक डाक्टर सरोज कोईराला आए पछि आशिंकका मागलाई यहि श्रावणको २२ गते सम्म समाधान गर्न २ वुदे लिखित प्रतिवद्धता जनाएका थिए ।

    प्रतिवद्धता अनुसार क्याम्पसको रिक्त दरवन्दी तत्काल ल्याउने र आशिंक शिक्षकलाई नियमित गर्ने प्रतिवद्धता जनाएका थिए ।

    सो कुनै पनि माग पुरा नभएपछि पुन आन्दोलनमा उत्रिएको आशिंक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पस पोखराका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।

    उनले भने–“हामी विगत १४ वर्ष देखि श्रम शोषणमा परेका छौं अव पनि हाम्रा माग समाधान गरिएन भने हामी कुनै पनि हालतमा पछि हट्नेवाला छैनौं ।”

    यता आशिंकको आन्दोलनका वारेमा क्याम्पस प्रमुख प्रा. डा. सरोज कोईरालाले पनि माग त्यति नाजायत नभएको धारणा राखे ।

    उनले भने –“उहाहरु समस्यामा हुनुहुन्छ, यो समस्या हाम्रो मात्रै होईन विश्वविद्यालयको हो त्यसैले समाधान जसै गरिनू पर्छ ।”

    समाधानका लागि केन्द्रमा रिजिस्टार र रेक्टरसँग कुरा भएको पनि उनले जानकारी दिए । उनले अगाडी थपे–“आशिंक विना क्याम्पस चलाउन असम्भवनै छ, अधिकतम कक्षा भार आशिंकले लिनुभएको छ ।”

    संघका अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् ।

    पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको पनि उनको भनाई छ ।

    क्याम्पसमा हाल २ सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.