पोखरा महानगरका मेयर मानबहादुर जिसी भ्रष्टाचारीको नाइके भएको नेविसंघको आरोप
तपाईको प्रतिक्रिया





नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महनागरपालिकाका मेयर मानबहादुर जिसी भ्रष्टाचारीको नाइके भएको आरोप लगाएको छ ।
केही दिन यता पोखरामा महानगरको १३ करोड खै ? करोडौंं राजस्व कता हरायो ? भन्ने प्रश्नहरु आम पोख्रेलीले महानगरसंग गर्दै आइरहेका बेला नेपाल विद्यार्थी संघ (नेविसंघ) ले यस्तो आरोप लगाएको हो ।
नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानगरको सबै हिसाव किताव जस्ताको तस्तै सार्वजनिक गर्न आग्रह गरेका छन् ।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले १३ करोड होइन पौने २ करोड राजस्व हराएको हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा समेत नेविसंघले आपत्ति जनाएको छ ।
दर्जनभन्दा बढी ठेक्काहरुमा मिलेमतो, बेथिति, स्मार्ट सिटीको सपना बाँढ्दै हिंड्ने मेयर जिसीलाई नेविसंघले भ्रष्टचारीको नाइकेको संज्ञा दिएको छ ।
नेविसंघले विज्ञप्तिमार्फत महानगरका मेयर र उपमेयरले तत्काल कर तिरोभरो नगरे आफूहरु आन्दोलनको मैदानमा उत्रने चेतावनी समेत दिएको छ ।
Related