फेक आइडी बनाएर अस्लिल तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेपछि बन्यो हत्याको योजना
" शव व्यवस्थापन गर्न छोरीको प्रयोग "
तपाईको प्रतिक्रिया





गोंगबु हत्या प्रकरणमा प्रहरीले आमा छोरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरीय प्रहरी परिसरले हत्या आरोपमा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी र उनकी १५ वर्षीया छोरीलाई मंगलबार सार्वजनिक गरेको हो।
गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
हत्या गरेपछि बिहानै उनी चितवन गएको देखिएको छ । एम्बुलेन्स प्रयोग गरेर कल्पना चितवन पुगेकी थिइन् ।
प्रहरीको टोलीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पनासहित उनका दुई नाबलक छोराछोरीलाई काठमाडौं ल्याएको जनाएको छ ।
मुडभरी काठमाडौंमा छोरी र छोरासँगै बस्दै आएकी थिइन् । कल्पनाको श्रीमान भने विदेश गएको अनुसन्धानमा खुलेको छ ।
प्रहरीको अनुसन्धानले हत्या लेनदेन र यौनसँग जोडिएको देखाएको छ । कल्पनाकी छोरीले शव व्यवस्थापन गर्न सहयोग गरेको खुलेको छ ।
शनिवार बोहरा कल्पनाको गोंगबुमा रहेको डेरामा पुगेका थिए ।कल्पनाको डेरामा पुगेपछि दही, चिउरा र मासु खुवाएको देखिएको छ ।
त्यसपछि स्लिपिङ ट्याब्लेट खुवाएर सुताएको देखिएको प्रहरीले जनाएको छ ।
बोहराले फेक आइडी बनाएर बदनाम गराउन खोजेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बोहरा र कल्पनाको तीन चार वर्षअघि देखि नै फेसबुकमा चिनजान भएको देखिएको छ ।
आइतवार गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा कालोरंगको सुटकेसभित्र टाउको र खुट्टा काटिएको शव फेला परेको थियो । त्यसको करिब ३ सय मिटरमा झोलाभित्र खुट्टा र टाउको फेला परेको थियो ।
Related