• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा समुदायस्तरमा कोरोना संक्रमण ; वडानं ९ मा एउटै परिवारका ७ जनामा कोरोना पुष्टि

"संक्रमण भएका ७ जनामध्ये दुई जना पुरुष र चार जना महिला  "
  •    नरहरि पौड्याल  /२७ श्रावण २०७७, मंगलवार १९:०५ ,  प्रकाशीत
  • पोखरा समुदायस्तरमै कोरोना संक्रमण भेटिएको छ।

    मंगलबार महानगरपालिका वडा नं. ९ मा ११ वर्षीय बालिकासहित ७ जना र वडानं १९ मा ४ जनामा कोरोना संक्रमण देखिएको हो।

    वडानं ९ का संक्रमितहरु सवै एउटै परिवारका सदस्य भएको बुझिएको छ। उनीहरुको कुनै ट्राभल हिस्ट्री छैन ।

    संक्रमण भएका ७ जनामध्ये दुई जना पुरुष र चार जना महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    उनीहरुलाई संक्रमण देखिएपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिएकोमा कुनै संदेह नभएको वडाध्यक्ष रामराज लामिछानेले बताए ।

    कोरोना संक्रमित एउटै परिवारका भएकाले अन्यत्र फैलिन नदिनका लागि के गर्ने भन्ने वारेमा छलफल गरिरहेको उनले बताए ।

    योसंगै गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । यसैगरी स्याङ्जामा पनि छ जना कोरोना संक्रमित थपिएका छन् ।

    जिल्ला नै सिल गरिएको स्याङ्जाको पुतलीबजारमै छ जना संक्रमित भेटिएका हुन् । जसमा चार महिला र दुई पुरुष रहेका छन् ।

    स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार नयाँ संक्रमितहरुमा पोखरा महानगरमा ११ र स्याङजा ६ जना रहेकाछन् ।

    कोरोना संक्रमितहरुलाई सम्वन्धित जिल्लाको आईसोलेसन लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक डा. शर्माले जनाकारी दिए ।

    योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ। प्रदेशमा कोरोनको संक्रमणबाट निकोहुनेको संख्या १ हजार ४ सय ९३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    गण्डकी प्रदेशमा संक्रमण भएर आइसोलेसनमा रहेकाको संख्या १ सय ४४ रहेको छन।

    प्रदेशमा संक्रमण भएका १ हजार ६ सय २० मध्ये अहिले सम्म १ हजार ३ सय ९० पुरुष र १ सय ९२ महिला रहेका छन् ।

    प्रदेशमा सवै भन्दा धेरै नवलपरासी पूर्वमा ३ सय ३० जनामा संत्रमण देखिएको छ । मनाङ र मुस्ताङमा भेटिएका १।१ जना संक्रमित निको भएर घर फर्किएका छन।

    गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजा १६ जना क्वारेन्टानइमा रहेका छन ।

    हाल मनाङ र मुस्ताङका क्वारेन्टाइन खाली भएका छन् ।गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ को मृत्यु भएको छ।

    मृत्यु हुनेमा कास्कीको पोखरा १९ का ६२ बर्षिय १ पुरुष, बागलुङका १,गोरखाका १ र स्याङजाका २ जना रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.